• २०८१ बैशाख १२ बुधबार

प्रहरी प्रभाग हात्तीगौँडाको भवन शिलान्यास

kharibot

फाइल तस्वीर

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग हात्तीगौँडाको भवन शिलान्यास गरिएको छ । भवन निर्माणमा लाग्ने आधा खर्च बूढानीलकण्ठ नगरपालिका र आधा खर्च स्थानीय जनश्रमदानमा निर्माण हुन लागेको उक्त भवनको आज बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले संयुक्तरूपमा शिलान्यास गरेका हुन् ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख खरेलले बूढानीलकण्ठ क्षेत्रको शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीको आवश्यकता रहेकाले उक्त भवन निर्माण गर्न लागिएको बताए। सरकारको जग्गामा निर्माण हुन लागेको भवन ६ महीनाभित्र सम्पन्न गरिने उनको भनाइ छ । प्रमुख खरेलले भवन निर्माणसँगै बूढानीलकण्ठ नगरपालिका–७ वडाका बासिन्दा शान्ति सुरक्षाबाट लाभान्वित हुने बताए ।

पछिल्लो समय नगरपालिकाभित्रको शान्ति सुरक्षालाई थप सुदृढ बनाउन सिसी क्यामरा जडानलाई प्राथमिकता दिएको उनको भनाइ छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख सुवेदीले काठमाडौँको शान्ति सुरक्षालाई थप सुदृढ बनाउन प्रभागले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले आउँदै गरेका चाडपर्वलाई भड्किलो नबनाउन सबैलाई आग्रहसमेत गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै