• २०८१ बैशाख १४ शुक्रबार

मृत शरीरसँग प्रेमीले विवाह गरेपछि...

kharibot

बेजिङ । चीनमा एक पुरुषले मृत्यु भएकी आफ्नी प्रेमिकासँग विवाह गरेर सबैलाई अचम्ममा पारेका छन् ।

३५ बर्षिय जू शिनानले आफ्नी प्रेमिकाको मृत शरीरसँग अन्तिम संस्कारअघि विवाह गरेका हुन् । तर यस पछाडीको कारण भने हृदयविदारक रहेको छ ।

मिडिया रिपोर्टका अनुसार जू र यांग लियू एक अर्कालाई धेरै पहिलादखि मन पराउथे । दुवैले सन् २०१३ मा विवाहका लागि अदालतमा निवेदन समेत दिएका थिए । अदालतको मन्जुरी मिलेपनि त्यसको तीन महिनापछि यांगलाई स्तन क्यान्सर हुनपुग्यो ।

लगभग चार बर्ष यांगको क्यान्सरको उपचार भयो । क्यान्सर ठीक पनि भयो ।तर त्यसको एक बर्षपछि यांगलाई फेरी क्यान्सर भयो । उनको उपचार गर्ने सबै प्रयास असफल भयो । उनको स्थिति बिग्रिदै गयो । सन् २०१९ मा यांग कोमामा गइन र अक्टोबर १४ मा उनको मृत्यु भयो । 

यांगको निधन पछि जूले यांगको इच्छा अनुसार अन्तिम संस्कारअघि विवाह गर्ने निर्णय गरे । उनको सपना पुरा गर्न उनले नै रोजेको गाउन लगाएर जूले मृत शरीरसँग विवाह गरे का थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै