• २०८१ बैशाख १३ बिहीबार

पाउल पोग्वा डिसेम्बरसम्म मैदान बाहिर, युनाइटेडको संकट बढ्यो

kharibot

काठमाडौँ । म्यानचेस्टर युनाइटेडबाट खेल्ने फ्रेन्च प्लेमेकर पाउल पोग्वाको इन्जुरीले युनाइटेडको तनाव बढेको छ ।

घाइते भएका कारण डिसेम्बर अगाडी खेल्न नसक्ने भएपछि युनाइटेडको समस्या बढेको हो । यस सिजनमा खराब प्रदर्शनका कारण दबाबमा रहेका युनाइटेडका प्रशिक्षक ओले गुन्नर सोल्सकरले पोग्वा डिसेम्बर अगाडी टिममा नफर्किने जानकारी दिएका छन् ।

सेप्टेम्बर ३० मा एन्कल इन्जुरीका कारण बाहिरिएका पोग्वाले यस सिजनमा युनाइटेडका लागि केवल ६ खेल मात्र खेलेका छन् ।

यस सिजन अगाडी नै युनाइटेड छोड्ने तयारी गरेपनि पोग्वा युनाइटेडमै रहेका थिए । पोग्वाले यस बिचमा रियल म्याड्रिडका कोच जिनेदिन जिदानलाई भेट गरेको बताइएको छ ।

युनाइटेडका कोच ओलेले पोग्वा युनाइटेडको गेम प्लानको महत्वपूर्ण खेलाडी भएको बताउदै उनी जुन पोजिसनबाट पनि खेल्न सक्ने खेलाडी भएको बताए ।

पोग्वाको अनुपस्थितिमा युनाइटेडले आइतबार प्रिमियर लिग अन्तर्गतको खेलमा नर्विचविरुद्ध ३-१ को जित हासिल गरेको थियो ।

युनाइटेड अहिले १० खेलमा १३ अंक हासिल गरेर अंक तालिकामा सातौ स्थानमा रहेको छ ।            
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै