बार्सिलोनाको फराकिलो जितमा मेसीको दुई गोल  

खरीबोट

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति आफ्नै मैदानमा भएको खेलमा भालाडोलिडलाई ५-१ गोलअन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेसीले दुई गोल गरे भने  क्लेमेन्ट लेङलेट, आर्थुरो भिडाल र लुइस स्वरेजले एक एक गोल गरेका थिए । रियल भालाडोलिडका लागि किकोले गोल फर्काएका थिए ।

यो जितसँगै बार्सिलोनाले १० खेलबाट २२ अंक बनाउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ । पराजित रियल भालाडोलिड भने लिगको नवौं स्थानमा छ । लिगको दोस्रो स्थानमा भने ग्रानाडा छ ।

सम्बन्धित समाचार

बार्सिलोनाको जितमा मेसीको निर्णायक गोल

काठमाडौँ । स्पेनिस ला लिगामा लियोनेल मेसीको निर्णायक गोलमा बार्सिलोना विजयी भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडमाथि १-० को जित हासिल गरेको हो । खेलको एक मात्र गोल

डिपोर्टिभोलाई पराजित गर्दै रियल म्याड्रिड शिर्ष स्थानमा

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले डिपोर्टिभो आल्भेजमाथि जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा रियल म्याड्रिडले डिपोर्टिभोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा सर्जियो रामोस र

सोसियडाडमाथि रियल म्याड्रिडको महत्वपूर्ण जित 

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा करिम बेन्जामा,

भिडालको निर्णायक गोलमा बार्सिलोना विजयी

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ । शनिबार सम्पन्न खेलमा बार्सिलोनाले लेगनेजमाथि २-१ गोल अन्तरको जित हासिल अग्रेको हो । बार्सिलोनाको जितमा लुइस स्वरेज र अर्टूरो भिडालले एक एक


z