• २०८१ बैशाख ८ शनिबार

भारत र बंगलादेशबीच हुने दोस्रो टेस्ट डे-नाइट हुने

kharibot

काठमाडौं । भारत र बंगलादेशबीच हुने दोस्रो टेस्ट क्रिकेट खेल डे-नाइट हुने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड र बंगलादेश क्रिकेट बोर्ड २२ नोभेम्बरदेखि शुरु हुने दोस्रो टेस्ट डे-नाइट टेस्ट खेल बनाउन सहमत भएपछि भारत पहिलो पटक डे-नाइट टेस्ट खेल्ने भएको हो ।

कोलकोताको इडेन गार्डेनमा यो टेस्ट हुन लागेको छ । बंगलादेश टुरमा बंगलादेशले टी-२० सिरिज र टेस्ट सिरिज खेल्दै छ ।

हालै भारतीय बोर्डको अध्यक्ष बनेका पुर्व कप्तान सौरभ गांगुली डे-नाइट टेस्टको पक्षमा रहेका थिए । गांगुली अध्यक्ष हुनासाथ उनले आफ्नै पहलमा यो निर्णय गरेका छन् । गांगुलीले कप्तान विराट कोहली र रोहित शर्मासँग समेत यस विषयमा छलफल गरेका थिए ।

गांगुलीले आफु सधै डे-नाइट टेस्टको पक्षमा रहेको र मानिसहरु आफ्नो काम सकेर खेल हेर्न आउनेमा आफु विस्वस्त रहेको बताए ।

यस अघि आइसीसी डे-नाइट टेस्टको पक्षमा भएपनि भारतीय क्रिकेट बोर्ड यसको पक्षमा थिएन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै