• २०८१ बैशाख ८ शनिबार

राप्रपा अध्यक्ष थापा घाईते भएपछी खेल छाडे

kharibot

काडमाडौँ  । राप्रपा अध्यक्ष कमल थापा चिनको सेन्जेन शहरमा हिजोदेखि सुरु ITF Senzhen International Senior Circuit को दोस्रो खेलमा घाइते भएका छन् ।

पिंडौला र तिघ्राको मांसपेशिमा एकैसाथ गंभीर समस्या भएकोले जिति रहेको खेल थापाले बिचैमा छोडेका थिए। भारतका अभिजित भरद्वाजलाई पहिलो सेटमा जितेपछि दोस्रो सेटमा ३-० ले जितिरहेको अवस्थामा मांसपेशिमा समस्या देखिएको थियो ।

सो सेट ६-३ मा गुमाएका थापाले रिटायर्ड हर्ट भएर तेस्रो सेट खेल्न सक्ने अवस्था नभय पछि खेल बिचमै परित्याग गरेका थिए । पिंडौला बाट शुरु भएको समस्या तिघ्रा हुंदै ढाड र अन्य ठाउँमा पनि फैलिन थालेपछि खेल छोडिदिएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

घाइते भएपछि पहिलो दुई सेट २ घन्टा ३५ मिनेट लामो समय सम्म चलेको बर्तौलाले जनाए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै