साझा पार्टीले तोक्यो उम्मेदवार

खरीबोट

फाइल तस्विर । 

भक्तपुर । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं–१ (क) बाट प्रदेशसभामा साझा पार्टीले सुरज प्रधानलाई उम्मेदवार बनाउने भएको छ ।

प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि साझा पार्टीले पार्टीका भक्तपुर जिल्ला संयोजक प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए ।

गत निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित हरिशरण लामिछानेको मस्तिष्कघातका कारण निधन भएपछि उक्त स्थान रिक्त रहेको थियो । नेपाली काङ्ग्रेस भक्तपुरले सहमति जुटाउन नसकेपछि १० जनाको नाम सिफारिस गरेको छ भने नेकपामा आकांक्षी १६ जना भएपछि सहमति जुटाउन आज पनि बैठक जारी छ । अन्य दलहरुपनि उम्मेदवार छनोटका लागि आन्तरिक छलफलमा जुटेका छन् ।
 

सम्बन्धित समाचार

प्रदेश प्रमुख हटाउनु गैर–राजनीतिक कदम – साझा पार्टी

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गरेको घटनालाई साझा पार्टीले पार्टीले गैर–राजनीतिक कदम भनेको छ । एक विज्ञप्ति प्रकासित गर्दै साझा पार्टीले 'सरकारको उक्त निर्णय पुर्वाग्रह

साझा पार्टीले तोक्यो उम्मेदवार

भक्तपुर । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं–१ (क) बाट प्रदेशसभामा साझा पार्टीले सुरज प्रधानलाई उम्मेदवार बनाउने भएको छ । प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं

साझा पार्टीले कास्की-२ मा रजनी केसीलाई उम्मेदवार बनायो 

काठमाडौं । साझा पार्टीले कास्की क्षेत्र नम्बर २ मा केन्द्रीय सदस्य रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  ५–६ कात्तिकमा पोखरामा बसेको केन्द्रीय समितिको बैठकले केसीलाई जिल्ला र क्षेत्रीय समितिको

साझा पार्टीद्वारा सभामुख महाराको राजीनामाको माग

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि भर्खरै सार्वजनिक भएको बलात्कारको आरोपप्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको भन्दै सभामुख महराको राजीनामाको माग गरेको छ । साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले


z