• २०८१ बैशाख ७ शुक्रबार

टी-२० विश्वकप छनौटको पाँचौ स्थानको प्लेअफ स्कटल्याण्डले जित्यो  

kharibot

काठमाडौँ । टी-२० विश्वकप छनौट अन्तर्गत स्कटल्याण्डले पाँचौ स्थान हासिल गरेको छ । गएराती सम्पन्न पाँचौ स्थानको प्लेअफमा स्कटल्याण्डले ओमानलाई ५ विकेटले पराजित गरेको छ ।

ओमानले दिएको १६८ रनको लक्ष्य पछाएको स्कटल्याण्डले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

यो जितपछि स्कटल्याण्ड पाँचौ र ओमानले छैठौ स्थान हासिल गरेको छ । 

२०२० मा अस्ट्रेलियाका लागि पिएनजी, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, स्कटल्याण्ड र ओमान विश्वकपमा छनौट भएका छन् ।

अब छनौट प्रतियोगिताको पहिलो देखि छैठौ स्थान हासिल हुने टिमको टुंगो लागाइने छ । खेल तालिका अनुसार आयरल्याण्ड र नेदरल्याण्डस पहिलो सेमिफाइनल तथा पिएनजी र नामिबिया दोस्रो सेमिफाइनल खेल्ने छन ।

त्यस्तै दुवै सेमिफाइनलमा विजयी टिम फाइनल खेल्ने छन् भने पराजित टिम तेस्रो स्थानको प्लेअफ खेल्ने छन् ।
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै