काठमाडौ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजी पराजित भएको छ ।
गएराती सम्पन्न खेलमा पिएसजी डिजोनसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
डिजोनको जितमा मोउनीर चोउइयर र जोन्डर काडीजले एक एक गोल गरेका थिए भने पिएसजीका लागि एक गोल किलीयन एम्बाप्पेले गरेका थिए ।
यो हारसँगै पिएसजीले सन् २०१९ मा लिगका ८ खेलमा हार बेहोरेको छ, जुन सन् २०१० मा १३ खेल हारेको पछी धेरै खेलमा हार बेहोरेको हो ।
यस खेलपछि पिएसजीको १२ खेलमा २७ अंक भएको छ भने लिगको शिर्ष स्थानमा रहेको छ । त्यस्तै डिजोन भने १२ खेलमा १२ अंक सहित १८औ स्थानमा रहेको छ ।