• २०८१ बैशाख ८ शनिबार

पिएनजी र नेदरल्याण्डस टी-२० विश्वकप छनौटको फाइनलमा

kharibot

काठमाडौँ । पिएनजी र नेदरल्याण्डस टी-२० विश्वकप छनौटको फाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न सेमिफाइनलका दुवै खेलमा पिएनजी र नेदरल्याण्डस विजयी हुदै फाइनलमा पुगेका हुन् ।

पिएनजीले सेमिफाइनलमा नामिबियालाई १८ रनले पराजित गरेको थियो । पिएनजीले दिएको १३० रनको लक्ष्य पछाएको नामिबिया २० ओभरमा ५ विकेट गुमाउदै ११२ रन मात्र बनाए पछि खेल १८ रनले हारेको थियो ।

त्यस्तै अर्को सेमिफाइनल खेलमा नेदरल्याण्डसले आयरल्याण्डलाई २१ रनले पराजित गरेको छ । नेदरल्याण्डसले दिएको १५९ रनको लक्ष्य पछाएको आयरल्याण्ड २० ओभरमा ९ विकेट गुमाउदै १३७ रन मात्र बनाएको थियो ।

अब फाइनल खेल पिएनजी र नेदरल्याण्डसबीच आज हुदै छ । त्यस्तै आजै तेस्रो स्थानको प्लेअफमा आयरल्याण्ड र नामिबिया पनि आजै खेल्दै छन् ।

२०२० मा हुने टी-२० विश्वकप छनौटमा पिएनजी, नेदरल्याण्डस, आयरल्याण्ड, नामिबिया, स्कटल्याण्ड र ओमान छनौट भएका छन् ।                 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै