• २०८१ बैशाख ७ शुक्रबार

मंसिरमा बिहे गर्दै नायिका ऋचा शर्मा

kharibot

फाइल तस्वीर

काठमाडौँ । अभिनेत्री ऋचा शर्मा यतिखेर बिहेको तयारीमा छिन् । मंसिरमा बिहे गर्ने योजना बनाएकी उनी आफ्ना मिल्ने साथीहरु लिएर पोखरामा व्याचलर पार्टी मनाउन पुगेकी छन् । जसका कारण उनीहरुसँग पोखरमा पुगेका साथीहरुको सामाजिक संञ्जाल यिनै कुराहरुले भरिभराउ छ ।

अभिनेत्री प्रियंका कार्कीले त सामाजिक संञ्जाल इन्ष्ट्राग्राममा लामो लेख नै लेखेर यसबारे आम मानिसलाई बताएकी छन् । उनले लेखेकी छन्, हाम्री प्यारी साथी क्रृचा विवाह बन्धनमा बाँधिदैछिन् । साथै पपमा गएको र त्यहाँ गएपछि रमाइलो सकिन मुस्किल पर्ने भन्दै लोकेसनमा पोखरा लेखेकी छन् ।

नेपाली फिल्ममा जीवनको एक दशक विताइसकेकी शर्माले प्रेमी दिपेक्ष्य राणासँग बिहे गर्न लागेको बताईएको छ । दिपेक्ष्य राजधानीमा रहेको लबिम मलका म्यानेजर हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै