• २०८१ बैशाख ६ बिहीबार

टीकटकले ल्यायो स्मार्ट फोन

kharibot

फाइल तस्वीर

काठमाडौँ । पछिल्लो समयको चर्चित सोसल मिडिया प्लाटर्फम टिकटकको मातृ कम्पनी बाइट डान्सले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ ।
बाइट डान्स नाम गरेको कम्पनीले स्मार्टिसन जिआनगुओ प्रो थ्री नामक स्मार्टफोन लञ्च गरेको हो ।

कम्पनीले स्मार्टफोन बजारमा ल्याउने समाचार वर्षको सुरुमै सार्वजनिक भएको थियो । अन्ततः आफ्नो फ्लागसीप डिभाइसको रुपमा बाइट डान्सले स्मार्टिसान जियांगुओ प्रो ३ स्मार्टफोन सार्वजनिक गरेको हो ।

यो स्मार्टफोनमा धेरै उत्कृष्ट फिचरहरु रहेको बताइएको छ । जसमा शक्तिशाली प्रोसेसरका साथै पछाडिको भागमा ४ वटा मुख्य क्यामरा रहेका छन् ।
चीनमा लञ्च गरिएको यो फोनको सुरुवाती मूल्य २८ सय ९९ युआन तोकिएको छ । जुन करीब ४५ हजार रुपैयाँ हुन्छ ।

यो स्मार्ट फोनमा १ हजार ८० गुणा २३ हजार ४० पिक्सेल रिजोलुसन युक्त ६.३९ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले रहेको छ ।
यसमा १२ जिबीसम्मको र्याम छ भने २ सय ५६ जिबीको स्टोरेज रहेको छ । साथै फोनमा स्नापड्रागन ८५५ प्लस प्रोसेसर रहेको छ ।

यो फोनले स्मार्टिसन अपरेटिङ सिस्टममा काम गर्दछ । तर यो एन्ड्रोइडको कुन संस्करणमा आधारित छ भन्ने बारेमा खुलाइएको छैन । २ सय ५६ जिबी इन्टर्नल स्टोरेजयुक्त फोनमा फास्ट डाटा ट्रान्सफरका लागि युएफएस थ्री इक्वेलटु जिरा सपोर्ट उपलब्ध छ ।

फोटोग्राफीका लागि टिकटकको यो फोन उत्कृष्ट रहेको छ । यसमा क्वाड रियर क्यामरा सेटअप रहेको छ । अर्थात् पछाडिको भागमा रहने क्यामराहरु चारवटा रहेका छन् । जसमध्ये ४८ मेगापिक्सेलको प्राइमरी सेन्सरसँगै १३ मेगापिक्सेलको वाइड एंगल क्यामरा, ८ मेगापिक्सेलको टेलिफोटो लेन्स र ५ मेगापिक्सेलको म्याक्रो क्यामरा पनि रहेको छ । 

यो फोनको प्राइमरी क्यामरामा सोनी क्ष्ःह् ५८६ सेन्सर रहेको छ । त्यस्तै यो स्मार्टफोनमा २० मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ ।
४ हजार मिलिएम्पियर आवर क्षेमताको ब्याट्री रहेको यो फोनको ब्याट्रीले क्विक चार्ज फोर प्लस चार्जिङ सपोर्ट गर्दछ ।

कम्पनीले यो फोनका विभिन्न तीन प्रकार लञ्च गरेको छ । जसमा पहिलो ८ जिबी र्याम र १ सय २८ जिबी स्टोरेजवाला रहेको छ, जसको मूल्य २८ हजार ९९ युआन रहेको छ । त्यस्तै ८ जिबी र्याम र २ सय ५६ जिबी स्टोरेजवाला फोनको मूल्य ३१ हजार  सय ९९ युआन रहेको छ भने १२ जिबी र्याम र २ सय ५६ जिबी स्टोरेजवाला

फोनको मूल्य ३५ हजार ९९ युआन रहेको छ । सेतो र कालो रङमा उपलब्ध यो फोन हाल चिनिया बजारका लागि मात्र लञ्च गरिएको हो । 

-एजेन्सीको सहयोगमा
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै