• २०८१ बैशाख ७ शुक्रबार

कबि सुन्दर कुरुपको नयाँ कविताकृति सार्वजनिक

kharibot

काठमाडौँ । पूर्वका कवि सुन्दर कुरुपको कविताकृति 'पृथ्वीको आविष्कार' राजधानीको अनामनगरस्थित मण्डला थियटरमा शनिबार लोकार्पण भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको प्रमुख आतिथ्यमा उक्त कविताकृति सार्वजनिक भएको हो ।

विमोचन समारोहमा बोल्दै प्राज्ञ काइँलाले सुन्दरको कवितामा आक्रोश र गाली नभएर नेपाली परिवेशका विभिन्न राजनीतिक र सामाजिक उतारचढावहरुको मार्मिक प्रस्तुति रहेको बताए ।

सृजनशील अराजकताका अभियन्ता कवि हाङ्युग अज्ञातले पृथ्वीमा रहेका प्रत्येक व्यक्तिको आआफ्नै छुट्टै 'पृथ्वी' हुने कुरालाई कविले कवितामार्फत प्रस्तुत गर्न खोजेको बताए । नेपाली कविहरुले विज्ञानसम्मत कुराहरु लेख्नुपर्ने र त्यसमा मौलिकतापनि जोडेर लैजानुपर्ने उनले बताए ।

कवि अज्ञातले नेपाली मिडियामा सिन्डिकेट रहेकोतर्फ संकेत गर्दै मिडियाको वैचारिक लाइनसंग मिल्ने कविताहरु प्रकाशित हुने तर ईतर विचारका कविताहरु प्रकाशित हुन गाह्रो हुने गरेको बताए । कवि सुन्दर कुरुपका मिडियामा अप्रकाशित कविताहरु यस अर्थमा उत्कृष्ट रहेकोपनि उनले बताए ।

युवा अभियन्ता तथा राजनीतिज्ञ मानुषी यमी भट्टराईले कवि सुन्दर कुरुपका कविताहरु राजनीतिज्ञहरुले पढ्न आवश्यक रहेको बताइन् । कवि कुरुपका कविताहरुले सांस्कृतिक अभियान र आन्दोलनहरुमा टेवा पुर्याउने हुनाले उनका कविताहरु राजनीतिक महत्वका रहेको बताइन् ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै