• २०८१ बैशाख ८ शनिबार

टी-२० क्रिकेटमा भारतमाथि बंगलादेशको कीर्तिमानी जित

kharibot

काठमाडौँ । भारत टुरमा रहेको बंगलादेशले विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न टी-२० सिरिज अन्तर्गतको पहिलो खेलमा बंगलादेशले भारतमाथि ७ विकेटको जित निकालेको छ ।

भारतले दिएको १४९ रनको लक्ष्य पछाएको बंगलादेशले १९.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

बंगलादेशको जितमा मुशफिकुर रहिमले अविजित ६० रन बनाएका थिए । त्यस्तै सौम्य सरका ले ३९, मोहमद नैमले २६ र मह्मुदुल्लाहले अविजित १५ रन बनाएका थिए ।
भारतीय बलर दिपक चहर, खलील अहमद र युजवेन्द्र चहलले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउदै १४८ रन बनाएको थियो ।

भारतका लागि शिखर धवनले सर्वाधिक ४१ रन बनाएका थिए भने ऋषव पन्तले २७, श्रेयस अय्यरले २२, केएल राहुल र क्रुनाल पाण्डेयले १५-१५ रन बनाएका थिए । त्यस्तै वाशिंगटन सुन्दरले अविजित १४ र कप्तान रोहित शर्माले ९ रन बनाएका थिए ।

बंगलादेशका बलर शैफुल इस्लाम र अमिनुल इस्लामले २-२ विकेट लिए भने अफिफ होसैनले एक विकेट लिएका थिए ।

यो भारतमाथि टी-२० अन्तर्राष्ट्रिय खेलमा बंगलादेशको अहिलेसम्म कै पहिलो जित हो ।

तीन खेलको सिरिजमा बंगलादेश १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल विहिबार हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै