• २०८१ बैशाख ८ शनिबार

कुमारी हल आजदेखि बन्द

kharibot

काठमाडौँ । कमलपोखरीस्थित सिटि सेन्टर नजिकै रहेको क्यूएफएक्सको कुमारी हल बन्द हुने भएको छ । १८ कात्तिकबाट यो हलमा प्रदर्शन सेवा बन्द गर्न लागिएको हो । मर्मतसम्भारका लागि हल बन्द गर्न लागिएको जानकारी टाँसिएको सूचनामा उल्लेख छ ।

सूचनामा हलभित्रका कुर्सी, कार्पेट र शौचालय मर्मत गर्न लागिएको सूचनामा उल्लेख गरेपनि कहिलेदेखि हल संचालनमा आउनेछ भन्ने चाहिँ खुलाइएको छैन । कार्यरत कर्मचारीहरुलाई क्यूएफएक्सले आफ्ना अन्य शाखाहरुमा सारेको छ ।

कुमारी हल प्रिमियर र फेस्टिभलका लागि नेपालमै चर्चित मध्ये मानिन्छ । ठूला फिल्मदेखि अन्तराष्ट्रिय फेस्टिभल यहीँ भएका छन् ।

विशेष समारोहबीच विहिबार मल्टिप्लेक्सको ओपनिङ गरेर क्यूएफएक्सले भक्तपुरमा निर्माण गरिएको नयाँ हल आगामी शुक्रबारदेखि संचालनमा ल्याउँदैछ । समयअवधि नतोकिएपनि अब मर्मतसम्भारको कार्य पूरा नभएसम्म कुमारी हल बन्द रहने देखिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै