• २०८१ बैशाख ७ शुक्रबार

बायर्न म्युनिखद्वारा प्रमुख कोच कोभाक बर्खास्त 

kharibot

काठमाडौँ । जर्मनी क्लब बायर्न म्युनिखले आफ्ना प्रमुख कोच निको कोभाकलाई बर्खास्त गरेको छ ।

शनिबार बायर्न म्युनिख इनट्रान्च फ्र्यांकफर्टसँग ५-१ को लज्जास्पद हार बेहोरेपछि बायर्नले आफ्ना कोचलाई बर्खास्त गरेको हो । 

४८ बर्षिय क्रोसियन कोच कोभाकले २०१८ मा जप हेयनकेसको ठाउमा बायर्नको प्रशिक्षक पद सम्हालेका थिए । 

बायर्नले तत्कालका लागि सहायक प्रशिक्षक हान्सी फ्लिकले क्लबको प्रशिक्षक पद सम्हाल्ने बताएको छ । 

क्लबको वेबसाइटमा कोभाकले यो क्लबका लागि सहि निर्णय भएको प्रतिक्रिया दिएका छन् । 

कोभाकको कार्यकालमा बायर्नले जर्मन लिग, डिएफबि कप र सुपर कप जितेको थियो । 

जर्मनी लिगमा १० खेलमा १८ अंक हासिल गरेको बायर्न लिगको चौथो स्थानमा झरेको छ ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै