• २०८१ बैशाख १४ शुक्रबार

डेपुटी गर्भनरमाथि लागेको अभियोगको छानविन गर्न समिती गठन

kharibot

राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ

काठमाडौ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठमाथि लागेको अभियोगको छानबिन गर्न समिती गठन भएको छ ।

सोमबार गर्भनर डा. चिरञ्जीवी नेपालको अध्यक्षतामा बसेको सञ्चालक समितीको बैठकले अनियमितताको छानविन गर्न तीन सदस्यीय छानविन समिती गठन गरेको हो । 

राष्ट्र बैंक श्रोतका अनुसार समितीमा नेपाल राष्ट्र बैंकका सञ्चालक डा. श्रीराम पौडेल संयोजक रहने गरी रामजी रेग्मी र डा. सुवोध कुमार कर्ण रहेकाछन ।

समितीले एक महिनाभित्रमा डेपुटी गर्भनर श्रेष्ठमाथि लागेको अनियमितताको बारेमा छानबिन गरी समितीले प्रतिवेदन बुझाउने राष्ट्र बैंक श्रोतले जानकारी दिएको छ । 

श्रेष्ठमाथि बैंक तथा फाईनान्स कम्पनीहरुलाई खराव कर्जा लुकाउन सहयोग गरेको, सर्वोच्च अदालतमा मुद्धा परेको एनसेलको पक्षमा उभिएको लगायतका आरोपहरु लगाईएकाछन ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै