• २०८१ बैशाख ७ शुक्रबार

प्रदेश प्रमुख हटाउनु गैर–राजनीतिक कदम – साझा पार्टी

kharibot

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गरेको घटनालाई साझा पार्टीले पार्टीले गैर–राजनीतिक कदम भनेको छ ।

एक विज्ञप्ति प्रकासित गर्दै साझा पार्टीले 'सरकारको उक्त निर्णय पुर्वाग्रह र दुराग्रहपूर्ण तथा भविष्यका लागि गलत नजिर स्थापित गर्ने प्रकृतिको गैर-राजनीतिक कदम भएको टिप्पणी गरेको हो ।

साझाले यस्तो रवैयाबाट देशमा सुसंस्कृत राजनीति स्थापित हुन नसक्ने बताएको छ ।

साझाले भनेको छ, 'पाँच वर्षका लागि संवैधानिकरूपमा नियुक्त भएका प्रदेश प्रमूखहरूलाई हालको प्रमुख प्रतिपक्षी र तत्कालीन सत्तारूढ पार्टी नेपाली कांग्रेसको सरकारले नियुक्त गरेकै कारण एकै पटक पदबाट हटाउनु हेर्दा संविधानको परिधिभित्र देखिने तर अभ्यासमा अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण भएको पार्टीको निष्कर्ष छ ।'

'दुई-तिहाई समर्थन प्राप्त शक्तिशाली सरकारले देशलाई विकास र समृद्धिको मार्गमा डोहोर्यातउन गर्नुपर्ने अनगिन्ती कामहरू छन् तर सरकार बारम्बार देशको रूपान्तरणका प्रमुख मुद्दाहरूमा प्रवेश नै नगरी ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भने झैँ तपशीलका विषयहरूमा अल्झिनु अत्यन्तै खेदजनक विषय हो', विज्ञप्तिमा भनिएको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै