• २०८१ बैशाख १३ बिहीबार

प्रधानमन्त्रीको हस्तक्षेपपछि पदार्थको मूल्यवृद्धि फिर्ता हुदै 

kharibot

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको हस्त्क्षेपपछि नेपाल आयल निगमले निर्वाचनको मुखमा गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुने भएको छ।

प्रधानमन्त्री देउवाले मूल्यवृद्धि तत्काल फिर्ता लिन आपूर्ति मन्त्री जयन्त चन्दलाई निर्देशन दिएपछि मुल्य वृद्धि फिर्ता हुने भएको हो ।

मन्त्री चन्दले आयल निगमलाई मुल्यवृद्धि फिर्ता लिन पत्र पठाइसकेको बताइएको छ । मन्त्रीको पत्रपछी बिहिबार बिहानै आयल निगमको आकस्मिक बैठकबाट मूल्यवृद्धि फिर्ता हुने भएको बताइएको छ।

नियमले नियमितरुपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने क्रममा बुधबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि गरेको थियो । निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो। एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाइएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै