पारस र सन्दीप बिना एमसीसीमाथि नेपालको जित

खरीबोट

काठमाडौं । नेपाली सिनियर क्रिकेट टिमले नेपाल टुरमा आएको मेरिलेबोन क्रिकेट क्लब(एमसीसी) लाई पराजित गरेको छ ।

नेपालले एमसीसीलाई ५ विकेटले पराजित गरेको हो । नेपालले पुर्व कप्तान पारस खड्का र स्टार लेग स्पिनर सन्दीप लामिछाने बिना नै एमसीसीविरुद्ध यो खेलमा जित हासिल गरेको छ ।

एमसीसीले दिएको २०२ रनको लक्ष्य पछाएको नेपाली टिमले ३७.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

नेपालको जितमा विनोद भण्डारीले अविजित ५२ रन बनाए भने पवन सराफले अविजित ३८ रन बनाएका थिए ।

त्यस्तै शरद भेस्वाकरले २४, दिपेन्द्र सिंह ऐरीले २३ रन बनाएका थिए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १० रन बनाए भने इशान पाण्डेले ४ रन बनाएका थिए ।

यस अघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एमसीसीले ३९ ओभरमा अल आउट हुदै २०१ रन बनाएको हो ।

एमसीसीका लागि विल रोडसले सर्वाधिक ५४ रन बनाए भने विल्ली गोडलम्यानले ५२ रन बनाएका थिए ।

त्यस्तै वील भांडर्स्परले ३६ र टम वेस्लीले १० रन बनाएका थिए ।

एमसीसीविरुद्ध पवन सराफ र ललित राजबंशीले सर्वाधिक ४-४ विकेट लिएका थिए । पवनले ८ ओभरमा एक मेडनसहित ३१ रन दिएर ४ विकेट लिए भने ललितले १० ओभरमा एक मेडनसहित ४० रन दिएर ४ विकेट लिएका थिए । 

त्यस्तै अविनाश बोहोरा र करण केसीले एक एक विकेट लिएका थिए ।

अब नेपालले एमसीसीविरुद्ध बुधबारदेखि फर्स्ट क्लास खेल खेल्ने खेल तालिका रहेको छ भने शनिबार नेपाली राष्ट्रिय टिम र अन्डर १९ टिमको मिक्स टिमविरुद्ध टी-२० खेल खेल्ने छन् ।

    
 

सम्बन्धित समाचार

एमसीसीसँग नेपाली टिमको लज्जास्पद हार 

काठमाडौँ । नेपाल भ्रमणमा रहेको मरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग नेपालको मिक्स टिम पराजित भएको छ । एमसीसीले नेपाललाई ११३ रनले पराजित गरेको छ । एमसीसीले दिएको १९० रनको लक्ष्य पछाएको

एमसीसीले नेपाललाई १९० रनको लक्ष्य दियो 

काठमाडौँ । नेपाल भ्रमणमा रहेको मरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेपालको मिक्स टिमबीच आज टी-२० खेल भइरहेको छ । एमसीसीले टस जितेर पहिला ब्याटिंग गर्दै नेपाललाई १९० रनको लक्ष्य दिएको छ

एमसीसीसँग हार्यो नेपाल

काठमाडौँ । मरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले जारी तीनदिवसीय फर्स्ट क्लास क्रिकेटमा नेपाललाई पराजित गरेको छ । एमसीसीले दिएको ३९३ रनको लक्ष्य पछाएको नेपाल १८४ रन बनाएर अल आउट भएपछि नेपाल

एमसीसीले नेपाललाई दियो ३९३ रनको लक्ष्य 

काठमाडौँ । मरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले जारी तीनदिवसीय फर्स्ट क्लास क्रिकेटमा नेपाललाई ३९३ रनको लक्ष्य दिएको छ । खेलको अन्तिम दिन अब नेपालले खेल जित्न अधिकतम ८१ ओभरमा ३९३ रन


z