• २०८१ बैशाख ८ शनिबार

महराको थुनछेक बहस सकियो, आदेशको तयारी 

kharibot

काठमाडौँ । संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सकिएको छ ।

महराका पक्षमा बहस गर्ने वकिल धेरै भएकाले भर्खरै मात्रै थुनछेक बहस सकिएको हो । 

महराका पक्षमा ३२ जना वकिलले बहस गरेका थिए । अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार, बहस सकिएको आदेश लेख्ने काम भइरहेको छ ।

“बहस भर्खरै सकिएको छ । आदेश लेख्ने काम शुरु भएकाले केही समय लाग्छ”, कार्कीले भने । महरा विरुद्ध जबर्जस्ती करणी सम्बन्धी अभियोग दर्ता भएको छ ।

यो मुद्दा अन्तर्गत महरालाई पूपक्र्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधरण तारेखमा रिहा गर्ने फैसला अदालतले गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै