• २०८१ बैशाख ६ बिहीबार

महरालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतको आदेश

kharibot

काठमाडौँ । संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतको आदेश दिएको छ ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस सकिए पछि अदालत उक्त आदेश दिएको हो।
महरालाई थुनामा पठाएर मुद्दा अघि बढाउने वा थुनामुक्त गरेर भन्नेबारे जिल्ला अदालत काठमाडौंमा आइतबार बहस सुरू भएको थियो ।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

महराका पक्षमा बहस गर्ने वकिल धेरै भएकाले आज मात्रै थुनछेक बहस सकिएको हो । महराका पक्षमा ३२ जना वकिलले बहस गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै