• २०८१ बैशाख १२ बुधबार

आइपिएललाई रोमान्चक बनाउन 'पावर प्लेयर' नियम लागु गर्ने तयारी !

kharibot

काठमाडौँ । टी-२० क्रिकेटको लोकप्रियता बढेसँगै यस खेललाई थप रोमान्चक बनाउन भारतीय क्रिकेट बोर्डले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बदलाव गर्ने लागेको खुलासा भएको छ ।

मिडिया रिपोर्टका अनुसार आगामी आइपिएलमा 'पावर प्लेयर' को नियम लागु गर्ने तयारीमा बोर्ड जुटेको छ । पावर प्लेयरको नियम बारे बोर्डले अनौपचारिक सहमति जनाईसकेको र मंगलबार बस्ने आइपिएल गभर्निंग काउन्सिलको बैठकले यस नियमका बारेमा निर्णय लिन सक्ने बताइएको छ ।

के हो यो नियम ?

यस नियम अनुसार कुनै पनि टिमले कुनै विकेट जादा या ओभर सकिदा आफ्नो एक खेलाडी बदल्न सक्ने छ । जसले खेलमा नयाँ रोमान्चकता थप्ने विश्वास गरिएको छ ।

यो नियम लागु भएमा एक टिमले यस अघि अन्तिम ११ खेलाडी छान्नुको साटो १५ खेलाडी छान्नु पर्ने छ ।

विश्वभर अहिले चलिरहेका टी-२० लिग र प्रतियोगितामा यस्तो नियम लागु भएमा टी-२० खेललाई थप रोमान्चक बनाउने देखिएको छ । आइपिएलको लोकप्रियतासँगै यसको लोकप्रियतालाई कायम राख्न र अझ बढाउन भारतीय बोर्डले यस नियमलाई आगामी सिजनबाट लागु गर्न सक्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै