• २०८१ बैशाख १३ बिहीबार

महोत्तरीमा चार पदका लागि उपनिर्वाचन

kharibot

जलेश्वर । आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनमा महोत्तरीमा चार पदका लागि उप निर्वाचन हुने भएको छ ।

जिल्ला निर्वाचन अधिकारी पुष्पा झाका अनुसार उपनिर्वाचनमा जिल्लामा दुई नगरपालिका र एक गाउँपालिकाको चार पदका लागि उपनिर्वाचन हुनेभएको छ ।

एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षको स्थान रिक्त रहेको छ । पिपरा गाउँपालिकाको अध्यक्ष र बलवा नगरपालिकाको वडा नं २ र ८ का वडाध्यक्षको मृत्यु भएकाले सो पदका लागि निर्वाचन हुनेछ ।

त्यस्तै मटिहानी नगरपालिका ६ का वडाध्यक्षको नाम लोकसेवामा सिफारिस भएपछि रिक्त स्थानमा निर्वाचन हुने झाले बताए ।

सो उपनिर्वाचनमा २४ हजार ४ सय ९२  मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै