• २०८१ बैशाख ७ शुक्रबार

पाकिस्तानमाथि अस्ट्रेलियाको सहज जित, स्मिथको उत्कृष्ट ब्याटिंग

kharibot

काठमाडौँ । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको दोस्रो टी-२० खेल जितेको छ । अस्ट्रेलियाले जारी सिरिजको दोस्रो टी-२० खेल ७ विकेटले जितेको हो । 

पाकिस्तानले दिएको १५१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १८.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

अस्ट्रेलियाको जितमा स्टिभ स्मिथले अविजित ८० रन बनाएका थिए । स्मिथले ५१ बल खेल्दै ११ चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै बेन म्याकडेरमोटले २१ रन बनाए भने कप्तान एरोन फिन्चले १७ रन बनाए भने डेविड वार्नरले २० रन बनाए ।

पाकिस्तानका बलर मोहमद इरफान, इमाद वसिम र मोहमद आमिरले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउदै १५० रन बनाएको थियो ।

पाकिस्तानका लागि इफ्तिकार अहमदले अविजित ६२ रन बनाएका थिए भने कप्तान बबर आजमले ५० रन बनाएर रन आउट भएका थिए । त्यस्तै मोहमद रिजवानले १४ रन बनाए भने इमाद वसिमले ११ रन बनाएका थिए ।

अस्ट्रेलियाका बलर अश्टोन अगरले २ विकेट लिए भने पाट कमिन्स र केन रिचार्डसनले एक एक विकेट लिएका थिए ।

यो जितपछि तिन खेलको सिरिजमा अस्ट्रेलिया १-० ले अगाडी भएको छ । यस अघि खेलिएको पहिलो खेल बिना नतिजा सकिएको थियो ।

सिरिज अन्तर्गतको अन्तिम खेल आगामी शुक्रबार हुदै छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै