मध्यमोदीको जलविद्युत् आयोजनाको ७५ प्रतिशत काम सम्पन्न

खरीबोट

फाइल तस्वीर

पर्वत । मोदी गाउँपालिकामा चौधरी ग्रुपले निर्माण गरिरहेको १५.१  मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ खोल्ने काम सकिएको छ ।

आयोजनाको २ हजार ६ सय ९४ मिटर लामो सुरुङको यसै साता खोलिएको हो । सुरुङको हेर्डबक्सदेखि १ हजार ५ सय ५० र पावरहाउस देखि १ हजार १ सय मिटरको हाराहारीमा सुरुङ खोल्ने काम भएको आयोजनाले जनाएको छ ।

सुरुङ खोल्ने काम सम्पन्न भएसँगै अब ‘कङक्रिटिङ’को काम शुरु भएको आयोजनाका वरिष्ठ जनसम्पर्क अधिकृत अशोक आचार्यले जानकारी दिए ।

आयोजना शुरु भएको झण्डै पाँच वर्षमा सुरुङ खोल्ने काम सकिएको हो । “सबैभन्दा गाह्रो कामका रूपमा रहेको सुरुङ सफलरूपमा खोलिएको छ, अब अन्य संरचनामा जनशक्तिलाई केन्द्रित गर्छौँ”, आचार्यले भने ।

निर्माणकार्य शुरु भएपछि विसं २०७२ को भूकम्प, नाकाबन्दी र समय–समयमा स्थानीयवासीको आन्दोलनका कारण समस्या झेल्दै आएको आयोजनाले हालसम्म ७५ प्रतिशत निर्माणको काम सम्पन्न भएको जनाएको छ ।

आयोजनाको हेर्डबक्सको काम अधिकांश सकिएको छ भने उत्पादनगृहको कामसमेत सोमबारबाट शुरु भएको वरिष्ठ जनसम्पर्क अधिकृत आचार्यले जानकारी दिए ।

मोदीखोलाको आडैमा निर्माण हुने उत्पादनगृह वर्षायाममा पानी जमेर काम गर्न नसक्ने अवस्था भएकाले ढिलाइ भएको हो । “पटक–पटक पावरहाउसको काम शुरु भए पनि खोलाका कारण सम्भव हुनसकेको थिएन । “सोमबारदेखि मेसिन लगाएर पावरहाउसको पूर्वाधार निर्माणको काम शुरु गरेका छौँ”, आचार्यले भने, “अब धमाधम काम हुन्छ ।” सुरुङ तथा हेर्डबक्सतर्फ फिनिसिङको काम शुरु भएको र पावरहाउस निर्माणका लागि तीव्ररूपमा काम भइरहेको उनले जानकारी दिए ।

मोदी–१ मा पर्ने भुकताङले र वडा नं २ मा पर्ने देउपुरमा निर्माणाधीन यो आयोजनाको सम्झौता अवधि सकिन झण्डै एक वर्ष बाँकी रहँदासम्म ७५ प्रतिशत काम सम्पन्न भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत वीरेठाँटी र मोदी–१ भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको मोदी–२ देउपुरको बेतेनी सम्म २ हजार ६ सय ९४ मिटरको सुरुङमार्फत ल्याइएको पानी ७७ मिटर लामो टेलेरेस मार्फत मोदीखोलामा मिसाउने योजना छ ।

झण्डै २ अर्ब ८० करोडको लागत अनुमान गरिएको आयोजनाले गत मङ्सिरभित्र उत्पादन दिने लक्ष्य रहे पनि भूकम्प, नाकाबन्दी लगायतका कारणले २ वर्ष म्याद थपिएको थियो । विसं २०७१ देखि शुरु भएको आयोजना २०७७ असार सम्म सम्झौता अवधि कायम रहको छ ।

सम्झौता अवधि अब झण्डै नौ महिना बाँकी रहेकाले उक्त समयभित्र उत्पादन थाल्ने गरी आयोजनाको काम तीव्र पारिएको आचार्यले बताए ।
 

सम्बन्धित समाचार

बूढीगण्डकी जलविद्युत् आयोजनाले बाँड्यो मुआब्जा

गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई २७ अर्ब ८० करोड मुआब्जा वितरण गरिकेको छ। राष्ट्रिय गौरवको सो आयोजनाले डुबान क्षेत्र (गोरखा र धादिङ जिल्ला) का साबिकका २७ गाविसमध्ये

मध्यमोदीको जलविद्युत् आयोजनाको ७५ प्रतिशत काम सम्पन्न

पर्वत । मोदी गाउँपालिकामा चौधरी ग्रुपले निर्माण गरिरहेको १५.१  मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ खोल्ने काम सकिएको छ । आयोजनाको २ हजार ६ सय ९४ मिटर लामो सुरुङको यसै साता

चिलिमेले जलविद्युत् कम्पनीले २५ प्रतिशत लाभांश दिने

काठमाडौँ । नेपालको जलविद्युत् इतिहासमा कम्पनी ढाँचाबाट आयोजना निर्माण गर्ने श्रेय पाएको चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको आज

कालङ्गा जलविद्युत् आयोजना सुरुङभित्र मजदुर थुनिए

बझाङ । बुङ्गल क्षेत्रमा निर्माण भइरहेको कालङ्गा जलविद्युत् आयोजनामा काम गर्ने चार मजदुर सुरुङभित्र थुनिएका छन् । उनीहरु आइतबार दिउँसोदेखि सुरुङभित्र थुनिएका हुन् । दैलेखको गुराँस गाउँपालिका–३ का महेन्द्र शाही, सोही


z