• २०८१ बैशाख १३ बिहीबार

महराको नैतिक कमजोरी भयो – प्रचण्ड  

kharibot

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख कृष्णबहादुर महराबाट नैतिक कमजोरी भएको बताएका छन् ।

आज दाङमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले ‘महरा जीको गल्ती नै भएको हो। मैले आफैं पनि बुझेको हुँ। उहाँले सत्य कुरा बोल्नुभएन’ उनले भने, ‘अब यो कुरा अदालतमा गइसकेको हुनाले यो विषयमा धेरै बोल्दिनँ।’

महराको गल्ती नैतिक भएको भन्दै उनले यस्तो विषयमा मुख्य नेताहरुले विवाद गर्न नहुने बताए । उनको गल्तीबारे अदालतले आवश्यक न्यायिक निर्णय गर्ने प्रचण्डले विश्वास व्यक्त गर्दै कानूनी प्रक्रियामा सहयोग गर्नुपर्ने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले प्रदेश पाँचको राजधानी पायक पर्ने दाङमै बनाउनुपर्ने धारणा राखे । त्यसका लागि आफूले पनि सक्दो सहयोग गर्ने बताए ।

‘राजधानी त सबै ठाउँको केन्द्र पर्ने ठाउँमा हुनुपर्छ भन्ने हो, दाङ सबै जिल्लाको केन्द्र पनि पर्छ’ सँगै बसेका मुख्यमन्त्री शंकर पोख्रेललाई देखाउँदै उनले भने ‘मुख्यमन्त्री जी पनि यही हुनुहुन्छ । राजधानीका लागि उहाँले पहल गर्नुहुन्छ र, मैले कहाँ के सहयोग गर्नुपर्छ त्यो गर्नेछु ।’

प्रदेश प्रमुखको परिवर्तन स्वाभाविक प्रक्रिया भएको बताउदै नयाँ सरकार गठन हुनासाथ परिवर्तन हुनुपर्नेमा पार्टी र सरकार लचिलो भएका कारण दुई बर्ष काम गर्न दिएको प्रचण्डले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै