• २०८१ बैशाख ७ शुक्रबार

जग्गा नहुदाँ काम रोकियो : मुख्य मन्त्री पौडेल 

kharibot

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पर्याप्त जग्गा नहुदाँ विभिन्न कामहरु रोकिएको बताएका छन् ।

बुधबार हेटौंडामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको स्थानिय तहसंगको साझेदारीमा सञ्चालन हुने कार्यक्रमको प्रस्ताविक कार्यविधिमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रदेश ३ को सबै स्थानिय तहमा शान्ति पार्क बनाउने योजना अनुरुप जादाँ प्रदेश सरकारले तयार पारेको पार्कको मापदण्डमा रहि काम गर्दा उपयुक्त जग्गा नभएकोले ठुलो समस्या रहेको बताए ।

यस्ता समस्याले गर्दा पार्क नबन्ने अवस्था समेत सिर्जना हुने अवस्था रहेको बताए । हामीले पार्कको लागि सार्वजानिक जग्गा चाहिने र त्यस्ता जग्गा वन संग जोडिएकोले निर्माण कार्यमा समस्या आउने गरेको उनले बताए ।

अब हामी सबै स्थानिय तह सामुदायिक वन संग सहकार्य गरि काम गरिनुपर्ने देखिन्छ । सामुदायिक वनको कार्ययोजनामा नै पार्क बनाउने भनि प्रस्ताव गरि सहकार्यमा काम गरिनुपर्ने उनले बताए ।   

पार्क बनाउदाँ सबैको एकरुपता नहुने तर शान्ति पार्कको प्रतिकको रुपमा चाहीँ एउटै हुनुपर्नेमा जोड दिँदै द्धन्दमा मारिएका शहिदहरुको सम्झनामा पार्क बनाउने अवधारणा रहेको बताए ।

कार्यक्रममा प्रदेश ३ का विभिन्न स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शालिकराम जम्कट्टेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै