• २०८१ बैशाख ८ शनिबार

आयोगको सहमति बिना नै प्रदेश प्रमुख नियुक्ति

kharibot

काठमाडौँ । निर्वाचन आयोगले सरकारले मन्त्रिमण्डलको पुनर्गठन र नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सक्ने वा नसक्ने भन्ने विषय निर्वाचन आचारसंहिताको कुनै पनि बुँदामा उल्लेख नभएको स्पष्ट गरेको छ ।

उपनिर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार भेटघाटमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले आचारसंहिताको कुनै पनि बुँदामा सरकारले प्रदेश प्रमुख र मन्त्रिपरिषद् पुनर्गठन गर्न नसक्ने भन्ने कुरा छैन, आचारसंहिता पालना गर्ने नैतिक प्रश्नसँग जोडिएको विषय हो । “सरकार, सम्पूर्ण राजनीतिक दलका प्रमुख र प्रतिनिधि बसेर बनाएको निर्वाचन आचारसंहिता आयोगले स्वीकृत गरेर लागू गरेको उनले स्पष्ट पारे ।

निर्वाचन आचारसंहिता लागू भइसकेपछि सरकारले पुराना प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ नि भन्ने सञ्चारकर्मीका जिज्ञासाका जवाफमा उनले भने, “यस विषयमा सरकारले आयोगको सहमति लिएको छैन,  आयोग गम्भीर छ, हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ ।”
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै