अफगानिस्तानविरुद्ध वेस्टइन्डिज विजयी, चेज र होपको उत्कृष्ट ब्याटिंग

खरीबोट

काठमाडौँ । वेस्टइन्डिजले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ ।

भारतको लखनउमा शुरु भएको सिरिजको पहिलो खेलमा वेस्टइन्डिजले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको छ ।

अफगानिस्तानले दिएको १९५ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले ४६.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

वेस्टइन्डिजको जितमा रोस्टन चेजले सर्वाधिक ९४ रन बनाए भने साइ होपले ७७ रन बनाएका थिए । त्यस्तै एवीन लुइसले ७, शिमरोन हेटमेयरले ३ र निकोलस पुरनले अविजित ८ रन बनाएका थिए ।

अफगानिस्तानका बलर मुजीब उर रहमानले २ विकेट लिए भने नवीन उल हकले एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ४५.२ ओभरमा अल आउट हुदै १९४ रन बनाएको थियो ।

अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ६१ रन बनाए भने इकराम अलिखीले ५८ रन बनाए । त्यस्तै अशगर अफगानले ३५ रन बनाए भने गुलबदीन नैबले १७ रन बनाए ।

वेस्टइन्डिजका बलर जासन होल्डर, रोस्टन चेज र रोमारियो शेफार्डले २-२ विकेट लिएका थिए । त्यस्तै हेडन वाल्श र शेल्डन कोट्रेलले एक एक विकेट लिएका थिए ।

यो जितपछि तीन खेलको सिरिजमा वेस्टइन्डिज १-० ले अगाडी भएको छ । सिरिजको अर्को खेल आगामी शनिबार भारतको लखनउमा हुदै छ ।

सम्बन्धित समाचार

वेस्टइन्डिजद्वारा सिरिज क्लिन स्विप, अफगानिस्तान लगातार १२ खेलमा हार्यो 

काठमाडौँ । वेस्टइन्डिजले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिज ३-० ले जितेको छ । गएराती सम्पन्न तेस्रो एकदिवसीय खेल वेस्टइन्डिजले ५ विकेटले जितेर सिरिज क्लिन स्विप गरेको हो । अफगानिस्तानले दिएको २५० रनको लक्ष्य पछाएको

फेरी हार्यो अफगानिस्तान, सिरिजमाथि वेस्टइन्डिजको कब्जा

काठमाडौँ । जारी एकदिवसीय सिरीजमा वेस्टइन्डिजले अफगानिस्तानलाई पराजित गरेको छ । भारतमा जारी सिरिजमा वेस्टइन्डिजले दोस्रो एकदिवसीय खेलमा अफगानिस्तानलाई ४७ रनले पराजित गर्दै सिरिज २-० ले जितेको छ । तीन खेलको

श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजमा पाकिस्तानको कब्जा 

काठमाडौँ । पाकिस्तानले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज २-० ले जितेको छ । गएराती सम्पन्न तेस्रो खेल पाकिस्तानले ५ विकेटले जितेको हो । श्रीलंकाले दिएको २९८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४८.२ ओभरमा ५ विकेट

श्रीलंकाविरुद्ध पाकिस्तानको शानदार जित

काठमाडौं । पाकिस्तानले श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय खेल ६७ रनले जितेको छ ।  गएराती सम्पन्न खेलमा पाकिस्तानले दिएको ३०६ रनको लक्ष्य पछाएको श्रीलंकाले ४६.५ ओभरमा २३८ रन बनाउदा अलआउट भएपछि पाकिस्तान ६७


z