• २०८१ बैशाख ७ शुक्रबार

इमर्जिंग कप खेल्ने १५ खेलाडीको घोषणा, पारस र सन्दीप नखेल्ने

kharibot

फाइल तस्बीर

काठमाडौँ । एसीसी इमर्जिंग टिम्स एसिया कपका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ ।

क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

इमर्जिंग टिम्स एशिया कप खेल्ने टोलीमा पुर्व कप्तान पारस खड्का र स्टार लेग स्पिनर सन्दीप लामिछाने भने समावेश गरिएको छैन ।  

पारस र सन्दीप अबुधाबीमा हुने टि-१० लिग र इमर्जिंग टिम्स एसिया कप जुधेपछी दुवै खेलाडी टि-१० लिग खेल्ने भएका हुन् । पारस पहिलो पटक विदेशी लिग खेल्न छानिएका हुन् र टिम आबु धाबीको प्रतिनिधित्व गर्दैछन् । सन्दीप कर्नाटका टस्कर्सबाट खेल्नेछन् । सन्दिपले टी-१० लिग दोस्रो पटक खेल्दै छन् ।

यस्तै क्यानले पनि दुवै खेलाडीलाई बिदेशी लिग खेल्नको लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिइसकेको छ । अन्तिम समयमा आएर नेपालले एमर्जिंग टिम्स एशिया कप खेल्ने भएका कारण पारस र सन्दीप खेल्न नसक्ने अवस्था बनेको बताइएको छ । इमर्जिंग टिम्स एशिया कपमा युएई नखेल्ने भएपछि उसको ठाउमा नेपाललाई अन्तिम समयमा समावेश गरिएको हो ।

इमर्जिंग कप खेल्ने नेपाली टिम :

ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), शरद भेस्वाकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, ललित नारायण राजबंशी, पवन सराफ, सन्दीप जोरा, सुशान भारी, इशान पाण्डे, आरिफ सेख, अविनाश बोहोरा र कुशल भुर्तेल ।

त्यस्तै म्यानेजर प्रशान्त विक्रम मल्ल, कोच : उमेश पटवाल, सहायक कोच : दिपेन्द्र प्रताप सिंह, भिडियो एनालिष्ट : रमन शिवाकोटी, फिजियो :विक्रम न्यौपाने रहेका छन् ।   

एसीसी इमर्जिंग टिम्स एसिया कप कार्तिक २८ गतेदेखि मङ्सिर ८ गतेसम्मको लागि तय भएको छ भने टि-१० लिग कार्तिक २८ देखि मङ्सिर ९ सम्मको लागि तय भएको छ ।

इमर्जिंग टिम्स एसिया कप प्रतियोगितामा नेपाल सहित टेस्ट राष्ट्र श्रीलंका, पाकिस्तान, भारत, अफगानिस्तान, बंगलादेश सहित ओमान, हंगकंग गरि कुल ८ टिम सहभागी हुनेछन् ।

सबै सहभागी टिमले १५ जनाको टिममा ११ जना खेलाडी २३ वर्ष मुनिको खेलाडी अनिवार्य राख्नु पर्नेछ भने ४ जना खेलाडी २३ वर्ष माथिको राख्न पाइनेछ । २३ वर्ष माथिको मात्र ३ जना खेलाडी मात्र अन्तिम-११ मा राख्न पाइनेछ ।

नेपालको खेल तालिका :

नोभेम्बर १४ : नेपाल भर्सेज भारत 
नोभेम्बर १६ : नेपाल भर्सेज हङकङ
नोभेम्बर १८ : नेपाल भर्सेज बंगलादेश 

प्रतियोगिताको पहिलो सेमिफाइनल नोभेम्बर २० र दोस्रो सेमिफाइनल नोभेम्बर २१ मा हुने छ भने फाइनल खेल नोभेम्बर २३ मा हुने छ ।    
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै