• २०८१ बैशाख ७ शुक्रबार

च्याम्पियन्स लिगमा पिएसजीको जितमा इकार्डीको निर्णायक गोल

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले क्लब ब्रुगेमाथि जित हासिल गर्दै यस सिजनमा अपराजित रहेको छ ।

समुह ए अन्तर्गत गएराती सम्पन्न खेलमा पिएसजीले ब्रुगेमाथि १-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा अर्जेन्टिनी स्ट्राइकर माउरो इकार्डीले खेलको एक मात्र गोल गरेका थिए । इकार्डीले खेलको २१औ मिनेटमा गोल गर्दै पिएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

इकार्डीले पिएसजीमा ९ खेलमा आठौ गोल गरेका छन् ।  

यो जितपछि पिएसजी लगातार चार खेलमा विजयी हुदै १२ अंक हासिल गर्दै अन्तिम १६ मा छनौटको नजिक पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै