डा. बाबुराम भट्टराईले भने – सरकारको इजार फुस्कियो

खरीबोट

काठमाडौं । सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले भारतीय नयाँ नक्शाका बारेमा निकालेको विज्ञप्तीको बारेमा खरो टिप्पणी गरेका छन् ।

डा. भट्टराईले विज्ञप्तिमा कालापानी क्षेत्र भनेको कति क्षेत्र हो भन्दै सरकारको इजार फुस्किएको टिप्पणी गरेका छन् ।  

सामाजिक संजालमा डा. भट्टराईले भनेका छन्, 'चरम ‘राष्ट्रवाद’को डंका पिटेर २/३ पड्काउने सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयको प्याडमा जारी गरिएको विज्ञप्तिमा भर्खर कलम समात्न जानेको शिशुले झैं कसले कोरेको होला ? के त्यो हस्ताक्षर हो ? हात (वा आँत ?) किन काँपेको होला ? अनि ‘कालापानी क्षेत्र’ भनेको कति र कहाँसम्म हो ? इँजार फुस्क्यो है !'
भारत सरकारले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्शाबारे सरकारले बुधबार आफ्नो प्रतिक्रिया दिदै एकतर्फी नक्शा मान्य नहुने बताएको थियो । 

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘दुवै देश बीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धि विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने स्पष्ट छ ।’

भारतको नयाँ नक्शामा कालापानी क्षेत्र उसको सीमाभित्र उल्लेख गरिएपछि विरोध शुरु भएको छ । अहिले सामाजिक संजालमा पनि भारतको विरोध भएको छ भने सडकमा समेत भारत विरोधी प्रदर्शन भएका छन् । 

सम्बन्धित समाचार

नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा सार्वजनिक

काठमाडौँ । भारतले नेपालीभूमि समेटेर नक्शा सार्वजनिक गरेपछि उत्पन्न राजनीतिक तरङ्गकाबीच विद्यार्थीले अतिक्रमित नेपाली भूमिसहितको नक्शा सार्वजनिक गरेका छन् ।  नेपाल विद्यार्थी सङ्घका नेता एवं ‘चिनांै सीमा, जोगाऔं माटो’ अभियानका संयोजक

कालापानी क्षेत्र बारे राष्ट्रिय सहमति, तत्काल कूटनीतिक पहल हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधूराका विषयमा उठेका प्रश्नबारे तत्काल भारतसँग कूटनीतिक पहल गर्ने भएको छ ।  राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको विषयमा अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको भन्दै सरकारले उक्त

सर्वदलीय बैठकमा सबैको एक स्वर – कालापानी फिर्ता ल्याऊ ! 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भएको प्रष्ट सन्देस दिएको छ । बैठकमा धारणा राख्ने सबैले कालापानीमा राखिएका भारतीय सैनिक फिर्ता

सर्वदलीय बैठक : नेपालको जमिन फर्काउन कुटनीतिक पहल गर्न सरकारलाई सुझाव 

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भएकोमा दलहरुले साझा धारणा बनाएका छन् ।  बैठकमा धारणा राख्ने सबैले कालापानीमा राखिएका भारतीय सैनिक


z