• २०८१ बैशाख ७ शुक्रबार

डा. बाबुराम भट्टराईले भने – सरकारको इजार फुस्कियो

kharibot

काठमाडौं । सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले भारतीय नयाँ नक्शाका बारेमा निकालेको विज्ञप्तीको बारेमा खरो टिप्पणी गरेका छन् ।

डा. भट्टराईले विज्ञप्तिमा कालापानी क्षेत्र भनेको कति क्षेत्र हो भन्दै सरकारको इजार फुस्किएको टिप्पणी गरेका छन् ।  

सामाजिक संजालमा डा. भट्टराईले भनेका छन्, 'चरम ‘राष्ट्रवाद’को डंका पिटेर २/३ पड्काउने सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयको प्याडमा जारी गरिएको विज्ञप्तिमा भर्खर कलम समात्न जानेको शिशुले झैं कसले कोरेको होला ? के त्यो हस्ताक्षर हो ? हात (वा आँत ?) किन काँपेको होला ? अनि ‘कालापानी क्षेत्र’ भनेको कति र कहाँसम्म हो ? इँजार फुस्क्यो है !'
भारत सरकारले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्शाबारे सरकारले बुधबार आफ्नो प्रतिक्रिया दिदै एकतर्फी नक्शा मान्य नहुने बताएको थियो । 

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘दुवै देश बीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धि विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने स्पष्ट छ ।’

भारतको नयाँ नक्शामा कालापानी क्षेत्र उसको सीमाभित्र उल्लेख गरिएपछि विरोध शुरु भएको छ । अहिले सामाजिक संजालमा पनि भारतको विरोध भएको छ भने सडकमा समेत भारत विरोधी प्रदर्शन भएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै