• २०८१ बैशाख १४ शुक्रबार

कोस्टाको निर्णायक गोलमा युभेन्टस विजयी

kharibot

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत युभेन्टसले रसियन क्लब लोकोमोटिभ मोस्कभामाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा युभेन्टसले डोगलस कोस्टाको निर्णायक गोलमा मोस्कभामाथि २-१ को जित हासिल गरेको हो ।

१-१ गोलको बराबरी रहेको अवस्थामा खेलको ९३औ मिनेटमा कोस्टाले निर्णायक गोल गर्दै युभेन्टसलाई जिताएका थिए । 

युभेन्टसका लागि अर्को गोल एरोन रामसीले गरेका थिए । त्यस्तै मोस्कभाका लागि एक गोल एलेक्सी मिरान्चुकले गरेका थिए ।

समुह डी अन्तर्गत युभेन्टस यो जितपछि ४ खेलमा १० अंक भएको छ भने समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै मोस्कभाको भने ४ खेलमा ३ अंक रहेको छ ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै