• २०८१ बैशाख १२ बुधबार

कास्की-२ बाट विद्या भट्टराईको मनोनयन दर्ता

kharibot

पोखरा । कास्की-२ बाट नेकपाकी उम्मेदवार विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता गरेकी छन् ।

विहिबार बिहान पोखरास्थिति मुख्य निर्वाचन आयुक्तको कार्यालय पुगेर भट्टराईले आफ्नो उम्मेद्वारी दर्स्ता गरेकी हुन् । 

भट्टराई उम्मेद्वारी दर्ता गर्न जानेक्रममा मुख्य निवार्चन अधिकृतको कार्यालय नजिकै बम बिस्फोट भएको थियो । पोखराको राष्ट्र बैंक चोक नजिकै रहेको टुरिष्ट बसपार्कमा बम बिस्फोट भएको हो ।

कास्की क्षेत्र नम्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराई आफ्नो मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयमा प्रवेश गरेसँगै बम बिस्फोट भएको थियो ।

बम बिस्फोट भएको स्थानमा अहिले सुरक्षाकर्मी परिचालन भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

बम बिस्फोट कसले गराएको हो भन्ने बारे अहिलेसम्म केही जानकारी प्राप्त भएको छैन ।

मंसिर १४ मा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको मनोनयन दर्ता आज हुँदैछ ।

प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको मनोनयन दर्ता बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको छ ।

मङ्सिर १४ मा हुने उपनिर्वाचनमा उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३ का लागि निर्वाचन हुदै छ । जसमा प्रतिनिधि सभाका लागि कास्की-२ मा उपनिर्वाचन हुदै छ भने प्रदेश सभाका लागि भक्तपुर निर्वाचन क्षेत्र नं १ को 'क' ,  बागलुङ निर्वाचन क्षेत्र नं २ को 'ख' र दाङ निर्वाचन क्षेत्र नं ३ को 'ख' मा उपनिर्वाचन हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै