• २०८१ बैशाख १३ बिहीबार

बलिवुडमा अमिताभको ५० बर्ष पुरा, कति थियो पहिलो फिल्मको पारिश्रमिक ?

kharibot

मुम्बई । बलिवुडका महानायक अमिताभ बच्चनको बलिवुड यात्राको ५० बर्ष पुरा भएको छ ।

सन् १९६९ को नोभेम्बर ७ मा अमिताभ अभिनित पहिलो फिल्म सात हिन्दुस्तानी रिलिज भएको थियो । ५० बर्ष अघि सुरु भएको अमिताभको फिल्मी क्यारियर अहिलेसम्मपनि उत्तिकै सक्रिय रुपमा जारी रहेको छ ।

पहिलो फिल्म सात हिन्दुस्तानीमा अमिताभले उत्पल दत्त, मधु एके हंगल लगायतका कलाकारसँग अभिनय गरेका थिए । फिल्म गोवाको पोर्तुगाली शासन मुक्त गराउने अभियानमा सात हिन्दुस्तानीको कथा देखाइएको थियो । फिल्मलाई ख्वाजा अहमद अब्बासले निर्माण र निर्देशन गरेका थिए ।

अहिले एक फिल्मका लागि करौडौ पारिश्रमिक लिने अमिताभले अफिलो फिल्ममा कति पारिश्रमिक लिए होलान भन्ने कौतुहलता सबैमा रहेको छ । अमिताभले सात हिन्दुस्तानीका लागि ५ हजार पारिश्रमिक लिएका थिए । त्यो समयका अभिनेताका लागि यो पारिश्रमिक कम भएपनि अमिताभले पैसा नहेरी फिल्ममा काम गर्न स्वीकृति जनाएका थिए ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै