• २०८१ बैशाख ११ मंगलबार

नेपालको खराब शुरुवात, लन्चसम्म तीन विकेट गुमायो  

kharibot

फाइल तस्बीर

काठमाडौँ । नेपाल र मरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच जारी तीनदिवसीय फर्स्ट क्लास क्रिकेटमा नेपालले खराब शुरुवात गरेको छ ।

एमसीसीले पहिलो इनिंगमा अल आउट हुदै ३६४ रन बनाएपछि आज खेलको दोस्रो दिन आफ्नो पहिलो इनिंग शुरु गरेको नेपालले लन्चसम्म आफ्ना शुरुवाती तीन विकेट गुमाएको छ ।

नेपालले आफ्नो पहिलो इनिंगमा ८.३ ओभर खेल्दै १८ रन बनाउदा ३ विकेट गुमाएको छ । नेपालको अब ७ विकेट बाँकी हुदा अझै ३४६ रनले पछाडी रहेको छ ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शुन्यमा आउट भएका थिए भने शरद भेस्वाकर ४ रन बनाएर आउट भएका थिए । त्यस्तै राजु रिजाल ८ रन बनाएर आउट भएका छन् ।

एमसीसीका लागि तिनै विकेट याशिर अराफातले लिएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै