• २०८१ बैशाख ७ शुक्रबार

प्रेमगीत ३’ को मोसन टिजर सार्वजनिक, योद्धाको अवतारमा देखिए प्रदिप

kharibot

काठमाडौँ । यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘प्रेमगीत ३’ को मोसन टिजर सार्वजनिक भएको छ ।

कात्तिक २२ गतेबाट फ्लोरमा निस्कन लागेको फिल्मको टिजर पोस्टरमा प्रदीप खड्कालाई योद्धाको अवतारमा प्रस्तुत गरिएको छ ।

टिजरमा घोडामा सवार उनको अनुहार रगतले लतपतिएको छ । उनको लुक्सले दर्शकमा फिल्मप्रति अझ कौतुहलता जगाउने देखिन्छ ।

छायांकन अगावै आउँदो चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको ‘प्रेमगीत ३’ मा प्रदीपले तेस्रो पटक ‘प्रेम’ को भूमिका निभाउँदैछन् । भने, यसपटक ‘गीत’ को भूमिकामा नव-अभिनेत्री क्रिस्टिना गुरुङ रहेकी छन् । यो फिल्मको अघिल्लो दुई सिरिज प्रेममा आउने उतारचढावमा केन्द्रित थियो । तेस्रो श्रृंखला २ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको हो । 

छेतेन गुरुङ र सन्तोष सेनले मिलेर फिल्मको निर्देशन गर्दैछन् । प्रदीप र क्रिस्टिनाका अलावा फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । अभिनेता शिवले फिल्ममा राजाको भूमिका निभाउँदैछन् ।

आसुशेन फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ । फिल्ममा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको फिल्ममा कुमार सेन र ओएसआर डिजिटल सह-निर्मातामा छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै