टर्कीका राष्ट्रपतिलाई अमेरिका भ्रमणको निम्तो

खरीबोट

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले वासिङ्टनको भ्रमण गर्ने बताएका छन् ।

दुबै मुलुकबीच पछिल्लो समय बढेको तिक्तता र कुटनीतिक सम्बन्धमा आएको चिसोपनका कारण टर्कीका राष्ट्रपतिको अमेरिका भ्रमणमा अन्यौल बढेको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार ट्वीट गर्दै टर्कीका राष्ट्रपतिसँग टेलिफोनमा निकै राम्रो छलफल भएको जानकारी दिएका छन् । उनले ह्वाइट हाउसमा एर्डोगानसँग आगामी नोभेम्बर १३ मा भेटवार्ता हुने बताए ।

“सिरियासँगको सीमा, आतंकवादको निर्मूलन, कुर्दहरुसँगको तनाब समाप्ति तथा अरु धेरै विषयमा हामीबीच भलाकुसारी भए,” ट्रम्पले भनेका छन् । उनले उत्तरी सिरियामा उत्पन्न गतिरोधका कारण त्यस क्षेत्रमा बन्दी बनाइएका इस्लामिक स्टेट्सका केही लडाकूहरु भागे पनि उनीहरुलाई पुनः पक्राउ गरिएको टर्कीका राष्ट्रपति एर्डोगानले जानकारी गराएको पनि बताए ।

टर्कीले सिरियाभित्र प्रवेश गरी आक्रमण गरेपछि टर्की विरुद्ध आर्थिक नाकाबन्दी लगाउने भन्दै अमेरिकी संसदले विधेयक पारित गरेपछि टर्कीका राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने वा नगर्ने अन्यौल बढेको थियो ।
 

सम्बन्धित समाचार

अमेरिकाको क्यालिफोर्नियामा गोली लागेर चारको मृत्यु

लस एन्जलस । अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । लस एन्जलसदेखि ३५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा भएको सो घटनामा गोली लागेर अरु ६ जना घाइते

अमेरिका गोलीकाण्ड : पाँचको मृत्यु

लस एन्जेलस । अमेरिकाको दक्षिण भागमा पर्ने क्यालिफोर्निया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा परी पाँच जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये तीन जना बालबालिकासमेत रहेका स्थानीय स्रोतले जानकारी दिएको छ।

वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन

हेटौँडा । मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ। चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय

इराकमा निर्वाचन गर्न अमेरिकाको आग्रह

वासिङ्टन । इराकमा समय अगावै संसदीय निर्वाचन गर्न अमेरिकाले इराकी अधिकारीहरुलाई आग्रह गरेको छ। इराकमा हिंसात्मक आन्दोलन जारी रहेकाले अमेरिकाले सो आग्रह गरेको हो। इराकमा निर्वाचनको माग गर्दै यहाँका नागरिकले आन्दोलन


z