कोरियाली कम्पनीले मेक्सिकोमा आठ हजार एटिएम आपूर्ति गर्ने

खरीबोट

सियोल । दक्षिण कोरियाको सूचना प्रविधि क्षेत्रको विशाल कम्पनी ह्योसुङ ग्रुपले मेक्सिकोको एक परियोजनाका लागि आठ हजार थान एटिएम आपूर्ति गर्ने भएको छ ।

ग्रुपको एटिएम उत्पादन इकाई ह्युसोङ टिएनएस इन्कले मेक्सिकोको ग्रामीण एटिएम परियोजना अन्तर्गत सन् २०२० को अन्त्यसम्ममा करिब १७ करोड ४० लाख अमेरिकी डलर बराबरका आठ हजार थान एटिएम बिक्री गर्नेछ ।

समूहका अनुसार नयाँ सम्झौता लगत्तै ह्युसोङ टिएनएसको कम्पनीको सेयरमूल्यमा १५ प्रतिशत वृद्धि हुनेछ । आर्थिक रुपमा जोखिममा रहेका मानिसलाई कल्याणकारी कार्ड मार्फत सरकारी सेवा उपलब्ध गराउन यस परियोजनाले मद्दत गर्नेछ ।

मेक्सिकोका झण्डै दुई करोड मानिस सरकारी सहयोग कार्यक्रममा आबद्ध छन्, तर वित्तीय सेवा पूर्वाधारको कमीका कारण उनीहरुलाई समयमै नगद प्राप्त गर्न कठिनाइ हुने गरेको छ ।

यसैबीच, ह्युसोङका अध्यक्ष चो ह्यून–जूनले मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरलाई बुधबार भेट गरेको कम्पनीले जनाएको छ ।

त्यस अवसरमा मेक्सिकोको ऊर्जा पूर्वाधार र नवीकरणीय ऊर्जा क्षेत्रमा उपलब्ध अवसरका बारेमा छलफल भएको थियो ।
 

सम्बन्धित समाचार

कोरियाली कम्पनीले मेक्सिकोमा आठ हजार एटिएम आपूर्ति गर्ने

सियोल । दक्षिण कोरियाको सूचना प्रविधि क्षेत्रको विशाल कम्पनी ह्योसुङ ग्रुपले मेक्सिकोको एक परियोजनाका लागि आठ हजार थान एटिएम आपूर्ति गर्ने भएको छ । ग्रुपको एटिएम उत्पादन इकाई ह्युसोङ टिएनएस इन्कले

नेल्सन मण्डेलाकी छोरी दक्षिण कोरियाको राजदूत

सियोल । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छन् ।  गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुगेकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका

दक्षिण कोरियामा पनि देखियो स्वाइन फ्लू 

सियोल (दक्षिण कोरिया) । दक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको छ । मंगलबार यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुरा पुष्टी गरेका छन् ।  सुँगुरबाट सर्ने यो रोगका कारण चीनदेखि उत्तर कोरियासम्म

राष्ट्र बैंकको छानबिन समितिको सुझाव : तीन महीनाभित्र चिप बेस्ड कार्ड राखौ

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले आफ्नो एटिएममा जडित सिसिटिभीको नियमितरुपमा केन्द्रिकृत अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ ।  चिनियाँ ह्याकले बैंक तथा वित्तीय संस्थाको सुरक्षा प्रणाली नै ह्याक गरी पैसा


z