• २०८१ बैशाख ८ शनिबार

नेपाल १५३ मा अलआउट, एमसीसीले फलोअन दिएन  

kharibot

काठमाडौँ । नेपाल र मरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच जारी तीनदिवसीय फर्स्ट क्लास क्रिकेटमा नेपाल पहिलो इनिंगमा १५३ रनमा अल आउट भएको छ ।

नेपालले १५३ रनमा अल आउट भएसंगै एमसीसीले पहिलो इनिंगमा २११ रनको अग्रता लिएको छ । 

नेपाल फलो अनमा परेको भएपनि एमसीसीले फलोअँ नदिएर दोस्रो इनिंग ब्याटिंग गर्ने निर्णय गरेको छ ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३९ रन बनाएर अविजित रहे । त्यस्तै विनोद भण्डारीले ३६ रन बनाए भने सोमपाल कामीले २६ रन बनाए ।

यस अघि नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शुन्यमा आउट भएका थिए भने शरद भेस्वाकर ४ रन बनाएर आउट भएका थिए । त्यस्तै राजु रिजाल ८ रन बनाएर आउट भएका थिए । त्यस्तै आरिफ सेख १० र दिपेन्द्र सिंह ऐरी एक रन बनाएर आउट भएका थिए भने करण केसीले २ रन मात्र बनाए ।

एमसीसीका बलर याशिर अराफात र एलेक्स थम्प्सनले ३-३ विकेट लिएका थिए भने ओलिभर हान्नोन डल्बीले २ विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै