• २०८१ बैशाख ७ शुक्रबार

स्वाधिनताको रक्षा गर्न राष्ट्रबादी शक्तिलाई भोट - कमल थापा 

kharibot

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा ब्याप्त भ्रष्टाचार,बिकृती र बिसंगतिको विरुद्ध अभिमत प्रकट गर्न आउँदो उपनिर्बाचनमा राप्रपालाई सघाउन जनता समक्ष आग्रह गरेका छन् ।

आज कास्की-२ को मनोनयन दर्ता गर्नु अघि आयोजित सभालाई सम्बोधन गर्दै थापाले मुलुकको राष्ट्रियता संकटमा रहेको, प्रजातन्त्रमाथि कालो बादल लागेको भन्दै थापाले मुलुकको स्वाधिनताको रक्षाको लागि राष्ट्रबादी शक्तीलाई जनताले छनौट गर्नु पर्ने बताए ।

एक सिटको कारण अहिले मुलुकको राजनीतिक समीकरणमा ठुलो फरक नपरेता पनि पोखरेलि जनताले दिने सन्देश महत्वपूर्ण हुने बिचार ब्यक्त गरे । भ्रस्टाचारले मुलुक थिलथिलो भएको , युबा जति मलेशिया र खाडी मुलुक भासिएको, शान्ती सुरक्षा कमजोर रहेको, आर्थिक बिकास गफमा सिमित भएको भन्दै थापाले अकर्मण्यतालाई चेतावनी दिन जनताले पार्टी राजनिती भन्दा माथी उठेर निर्णय गर्नुपर्ने आबश्यकता औल्याए ।

सत्ता र शक्तिको निमित्त आत्मसमर्पणबादी मानसिकता हाबी भएकोमा थापाले चिन्ता प्रकट गरे । कार्यक्रममा कास्की -२ का उम्मेदवार रोम बहादुर भण्डारीले कास्किका जनताको माया र बिश्वास पाए इमान्दारी पुर्बक काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । उम्मेदवारी दर्ता गर्न जानू अघि अध्यक्ष थापाले उम्मेदवार भण्डारीलाई बधाई शुभकामना दिदै दुबोको माला लगाईदिएका थिए ।

र्‍यालीमा पार्टीका नेताहरु राजिब पराजुली, तोरण गुरुङ, हेमजङ्ग गुरुङ, चन्द्रबहादुर गुरुङ्ग, मदन कार्की, राजाराम बर्तौला लगायतका नेताहरु सहभागी थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै