• २०८१ बैशाख ८ शनिबार

बारामा गाउँले र प्रहरीबीच झड्प,  एक दर्जन घाइते

kharibot

बारा । बिवादित जग्गामा छठको मठ (सिर्सोत्ता) हटाउने विषयमा गाउँले र प्रहरीबीच झड्प हुँदा प्रहरी र गाउँले दुबैतर्फ गरी करिव डेढ दर्जन घाईते भएका छन् ।

बाराको कलैया उपमहानगरपालिकास्थित बकुलहरमा छठ घाटका विषयमा बिवाद हुँदा बिभिन्न समुदायमा सदभाव कायम राख्न प्रहरीले मठ (सिर्सोत्ता) उठाउँने क्रममा प्रहरी र गाउँले बिच झड्प भएको हो ।

झडपमा परी प्रहरी निरिक्षक सहिँत ७ जना र गाउँले तर्फ ११ जना घाईते भएका छन् ।

बिवादास्पद जग्गामा छठ पर्वका लागि मठ (सिर्सोत्ता) निर्माण गरी छठ पुजा सम्पन्न गरे पछि सिर्सोत्ता हटाउँने सहमति बमोजिम नहटाईएको भन्दै मुस्लिम समुदायले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएर घटना स्थल पुगेको प्रहरीले भोलि पल्ट वार्ताका लागि दुबै पक्षलाई बोलाएको भएता पनि अघिल्लो रात विहिवार करिव बाह्र बजेको समयमा प्रहरीले उक्त सिर्सोत्ता हटाउँन जाँदा हिन्दु समुदायका गाउँले र प्रहरीबीच झड्प भएको हो ।

स्थानीय हरेन्द्र प्रसाद सहनीले छठ पर्व पुर्व प्रशासनमा भएको सहमति अनुसार छठ पुजा सम्पन्न भए पछि उक्त सिर्सोत्ता हटाउँने सहमति भएको र हामीले हटाएको तर प्रहरीले ज्यादती गर्दै उक्त हटाएको स्थानबाट समेत सिर्सोत्ता गाडिमा राखी लैजान लागे पछि बाध्य भएर प्रतिरोध गर्न लागेका बताए ।

अघिल्लो वर्ष छठ कै समयमा सोही स्थानमा त्याहाँका समुदाय बिच झड्प भएको थियो । सोही घटनालाई लिएर प्रहरीले दुबै समुदाय बिच झड्प नहोस् भन्ने उद्देश्यका साथ प्रहरीले उक्त सिर्सोत्ता हटाउँन रातीको समय मिलाएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता रञ्जितसिंह राठोरले जानकारी दिए ।

राठोरले अघिल्लो वर्ष सोही विषयमा ती समुदायका बिच झड्प भएकाले आँफुहरुले झड्पको अवस्था नहोस् भन्ने उद्देश्यले रातको समयमा प्रहरी खटाएर उक्त सिर्सोत्ता हटाउँन लागेको बताए । उनले सिर्सोत्ता ल्याउने क्रममा गाउँलेले अवरोध सिर्जना गर्न थाले पछि प्रहरीले बाध्य भएर अश्रुग्याँस प्रयोग गरेको बताए ।

हाल उक्त सिर्सोत्ता वडा कार्यालयको प्राङ्गणमा राखिएको छ , भने शान्ति सुरक्षालाई मध्ये नजर गर्दै संयौंको संख्यामा जनपथ प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै