• २०८१ बैशाख १२ बुधबार

‘लभ यु हमेशा’ मंसिर १३ मा रिलिज हुने 

kharibot

काठमाडौं । प्रेमकथानक फिल्म ‘लभ यु हमेशा’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यसअघि कार्तिक २२ मा प्रदर्शन हुने तयारीमा रहेको फिल्म अब मंसिर १३ मा दर्शकमाझ आउने छ । 

कार्तिक १५ गतेबाट भारतको दार्जिलिङ,सिलगुढीलगायतका स्थानका हलमा सफलताका साथ प्रदर्शन भइरहेको फिल्मलाई भास्कर प्रधानले निर्देशन गरेका हुन् । यवन गुरुङको निर्माणमा बनेको फिल्मले दार्जिलिङ र सिलगुढीका दर्शकको मन जितिरहेको जानकारी निर्माण पक्षले दिएको छ । 

बितरक रिच इन्टरटेनमेन्टका प्रमुख करण श्रेष्ठले ‘घामड शेरे’ र ‘जीवन काँडा की फूल’ प्रदर्शनमा सहज बनाउनका लागि लभ यु हमेशा मंसिर १३ मा पुर्याइएको बताएका छन् । एकसाथ धेरै नेपाली फिल्म प्रदर्शन गरिदा निर्मातालाई नै हानी हुने भएकाले आफूहरु दुई साता पर सरेको दावी उनको छ । 

निर्देशक प्रधानकै लेखन रहेको फिल्ममा यशराज गरच, ऋचा थापा, फिजा योञ्जन,गोपाल ढकाल (छन्दे), शिसिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ,प्रमीला राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

भारतको कालेबुङ,सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्मको सिनेमाटोग्राफर शिब ढकाल हुन् । मिलन गुरुङ सहनिर्माता रहेको फिल्मका गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै