• २०८१ बैशाख ७ शुक्रबार

श्रीलंकामा वायु प्रदुषण बढेपछि अनुसन्धानका लागि डब्लुएचओलाई आग्रह

kharibot

फाइल तस्बीर

कोलम्बो । श्रीलङ्काको राज्य सञ्चालित केन्द्रीय वातावरण प्राधिकरणले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई राजधानी कोलम्बोलगायतका भागहरूमा एक्कासी तथा अनपेक्षित प्रदुषण बढ्नुको कारण पत्ता लगाउन अनुरोध गरेको छ ।

मङ्गलबारदेखि श्रीलङ्काको वातावरणमा एक्कासी अत्यधिक धुलोका कण (वायु प्रदुषण) वृद्धि भएको भन्दै बिहीबार गरिएको पत्राचारमार्फत आफूहरूले श्रीलङ्काको मौसम विज्ञान विभाग तथा डब्लुएचओलाई प्राधिकरणका उप–महानिर्देशक के एच एम आराच्चीले जानकारी गराए ।

बुधबार मध्यान्न श्रीलङ्काको वायुको गुणात्मक अवस्था (एक्यूआई) प्रदुषणको घेराभन्दा माथि अर्थात् ११२ अङ्कमा पुगेको राष्ट्रिय भवन तथा अनुसन्धान संगठन (एनबिआरओ)ले देखाएपछि स्थानीय पत्रपत्रिका तथा सामाजिक सञ्जालमा यसको चर्चा चुलिएको थियो ।

एनबिआरओका वातावरण अध्ययन एकाईका वरिष्ठ वैज्ञानिक सारथ प्रेमसिरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले मुलुकका कैयौँ भागमा एक्यूआईको तह १७३ अङ्कभन्दा माथि पुगेको र मध्यान्नमा १६५ मा झरेको उल्लेख गरी समाचार संपे्रषण गरेका थिए ।

एक्यूआई सामान्य रहँदा उक्त घेरा ५० अङ्कभन्दा तल रहने गर्छ ।

नयाँ दिल्लीमा बढेको वायु प्रदुषणको प्रभाब श्रीलङ्कामा परेको हुनसक्ने भएपनि एक्कासी देखिएको प्रदुषण अनुसन्धानको बिषय हुनुपर्ने र कारणहरू खोजिभइरहेका प्रेमसिरीले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै