• २०८१ बैशाख ७ शुक्रबार

आश्विनले छोडे किंग्स इलेभेन पंजाव, अलराउन्डर दिएर दिल्लीले किन्यो 

kharibot

काठमाडौँ । भारतीय स्टार स्पिनर आर आश्विन आउदो सिजन आइपिएलमा दिल्ली क्यापिटलबाट खेल्ने भएका छन् ।

आश्विनले किंग्स इलेभेन पंजाव छोडेर दिल्लीमा गएका छन् । किंग्स इलेभेन पंजाव र दिल्ली क्यापिटलबीच भएको ट्रेड सहमतिमा आश्विनलाई दिल्लीले किनेको हो ।

दिल्लीले आश्विनलाई एक करोड र एक अलराउन्डर दिएर भित्र्याएको छ । दिल्लीले अलराउन्डर जगदीश सुचितलाई पंजावलाई दिएको छ ।

पंजावले आश्विनको बदलामा न्युजील्याण्डका बलर ट्रेन्ट बोल्टलाई मागेको भएपनि दिल्लीले बोल्टको प्रस्ताव अश्विकार गर्दै सुचितलाई दिन सहमत भएको हो ।

दिल्लीले आश्विनलाई उनको ड्राफ्टको रकम ७ करोड ६० लाख नै पारिश्रमिक दिने बताइएको छ ।यस बारेमा आधिकारिक घोषणा भने १४ नोभेम्बरमा हुने बताइएको छ । आश्विनले गत सिजनमा पंजावको कप्तानी गरेका थिए । आश्विनको बहिर्गमनपछि अब पंजावको कप्तानी केएल राहुलले पाउने सम्भावना रहेको बताइएको छ ।

आउदो सिजनको आइपिएलको खेलाडी ड्राफ्ट भने डिसेम्बर १९ मा कोलकोतामा हुने भएको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै