आश्विनले छोडे किंग्स इलेभेन पंजाव, अलराउन्डर दिएर दिल्लीले किन्यो 

खरीबोट

काठमाडौँ । भारतीय स्टार स्पिनर आर आश्विन आउदो सिजन आइपिएलमा दिल्ली क्यापिटलबाट खेल्ने भएका छन् ।

आश्विनले किंग्स इलेभेन पंजाव छोडेर दिल्लीमा गएका छन् । किंग्स इलेभेन पंजाव र दिल्ली क्यापिटलबीच भएको ट्रेड सहमतिमा आश्विनलाई दिल्लीले किनेको हो ।

दिल्लीले आश्विनलाई एक करोड र एक अलराउन्डर दिएर भित्र्याएको छ । दिल्लीले अलराउन्डर जगदीश सुचितलाई पंजावलाई दिएको छ ।

पंजावले आश्विनको बदलामा न्युजील्याण्डका बलर ट्रेन्ट बोल्टलाई मागेको भएपनि दिल्लीले बोल्टको प्रस्ताव अश्विकार गर्दै सुचितलाई दिन सहमत भएको हो ।

दिल्लीले आश्विनलाई उनको ड्राफ्टको रकम ७ करोड ६० लाख नै पारिश्रमिक दिने बताइएको छ ।यस बारेमा आधिकारिक घोषणा भने १४ नोभेम्बरमा हुने बताइएको छ । आश्विनले गत सिजनमा पंजावको कप्तानी गरेका थिए । आश्विनको बहिर्गमनपछि अब पंजावको कप्तानी केएल राहुलले पाउने सम्भावना रहेको बताइएको छ ।

आउदो सिजनको आइपिएलको खेलाडी ड्राफ्ट भने डिसेम्बर १९ मा कोलकोतामा हुने भएको छ ।   
 

सम्बन्धित समाचार

आइपिएलमा अक्सनबाट २९ विदेशीसहित ७३ खेलाडी छानिने

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) टिमले आउदो सिजनका लागि खेलाडी रिटेन गर्ने र रिलिज गर्ने प्रक्रिया पुरा गरेका छन् । अब आगामी डिसेम्बर १९ मा कोलकोतामा हुने खेलाडी अक्सनका लागि

मुम्बई इण्डियन्सले युवराजसहित १२ खेलाडी हटायो  

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका भारतीय आक्रामक ब्याट्सम्यान युवराज सिंहलाई आइपिएल टिम मुम्बई इण्डियन्सले रिलिज गरेको छ । गत बर्षको खेलाडी अक्सनमा मुम्बईले युवराजलाई एक करोडमा किनेको थियो । मुम्बई इण्डियन्सले

दिल्ली क्यापिटल्सद्वारा सन्दीपसहित १२ खेलाडी रिटेन   

काठमाडौँ । आइपिएल टिम दिल्ली क्यापिटल्सले नेपाल इलेग स्पिनर सन्दीप लामिछानेसहित १२ खेलाडीलाई आउदो सिजनको लागी रिटेन गरेको छ । दिल्लीले ब्याट्सम्यान श्रेयस अय्यर, पृथ्वी शा, शिखर धवन, विकेटकिपर ब्याट्सम्यान  रिषव

दिल्लीले स्पिनर बेच्दा फाइदामा सन्दीप !

काठमाडौँ ।  इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम दिल्ली क्यापिटल्स आफ्नो टिम बनाउन अन्य टिम भन्दा बढी आक्रामक देखिएको छ । आउदो सिजनका लागि दिल्लीले बलियो टिम बनाउने अभियान अन्तर्गत खेलाडी


z