• २०८१ बैशाख ६ बिहीबार

पीएसएलको ड्राफ्टमा क्यानले पठायो पाँच खेलाडीको नाम 

kharibot

काठमाडौँ । नेपाल क्रिकेट संघले यस सिजनको पाकिस्तान सुपर लिगको खेलाडी ड्राफ्टको लागि ५ खेलाडीको नाम पठाएको छ ।

क्यानका सचिव अशोक प्याकुरेलका अनुसार पिएसएलको ड्राफ्टका लागि क्यानले आइसीसीलाई करण केसी, आरिफ सेख, विनोद भण्डारी, पवन सराफ र ललित राजबंशीको नाम पठाएको छ ।

आइसीसीले ड्राफ्टमा संलग्न गर्न नेपाली खेलाडीको नाम पाकिस्तानी क्रिकेट बोर्डलाई पठाउने सचिव प्याकुरेलले जानकारी दिएका छन् ।

यस अघि चार संस्करणमा सम्पन्न पीएसएलमा नेपाली खेलाडी सन्दीप लामिछाने अघिल्लो सिजनमा लाहोर कलान्दरबाट खेलेका थिए । यस सिजनको ड्राफ्टमा सन्दीपसहित सोमपालपनि आ-आफ्नो एजेन्टमार्फत सुचिमा रहेको बताइएको छ ।

आगमी फेब्रुअरीमा हुने पीएसएलको खेलाडीक ओंतिम ड्राफ्ट आगामी डिसेम्बर ६ र ७ मा हुदै छ । गत सिजनको शुरुवाती खेल युएईमा भएको थियो भने अन्तिम चरणका खेल पाकिस्तानमा भएका थिए तर यस सिजनका सबै खेल पाकिस्तानमा हुने निश्चित भएको छ ।  
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै