• २०८१ बैशाख ८ शनिबार

एमसीसीले नेपाललाई दियो ३९३ रनको लक्ष्य 

kharibot

काठमाडौँ । मरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले जारी तीनदिवसीय फर्स्ट क्लास क्रिकेटमा नेपाललाई ३९३ रनको लक्ष्य दिएको छ ।

खेलको अन्तिम दिन अब नेपालले खेल जित्न अधिकतम ८१ ओभरमा ३९३ रन बनाउनुपर्ने भएको छ ।

एमसीसीले पहिलो इनिंगमा पाएको २११ रन र दोस्रो इनिंगमा ६ विकेट गुमाउदै १८१ रन बनाएर इनिंग घोषणा गरेपछि नेपालले ३९३ रनको लक्ष्य पाएको हो । नेपाल पहिलो इनिंगमा १५३ रनमा अल आउट भएको थियो भने एमसीसीले पहिलो इनिंगमा ३६४ रन बनाएको थियो ।

नेपाली बलर करण केसीले २ विकेट लिए भने सोमपाल कामी, पवन सराफ, सन्दीप लामिछाने र ललित राजबंशीले एक एक विकेट लिएका थिए । त्यस्तै एमसीसीका लागि विल गोडलीम्यानले ४९ रन बनाएका थिए ।

अब नेपालले केहीबेरमा ब्याटिंग शुरु गर्दै छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै